नेकपा एकता अभियानलाई अझ सशक्त बनाउँदै गौतम
काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा एकता अभियानलाई अझ सशक्त बनाएर लाने स्पष्ट पारेका छन्।त्यसका लागि...
काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा एकता अभियानलाई अझ सशक्त बनाएर लाने स्पष्ट पारेका छन्।
त्यसका लागि प्रचण्ड–नेपाल र ओली दुवै समूहका दोस्रो तहका नेताहरूको सहयोग लिने उनले जानकारी दिए।
कोरोनाविरुद्धको खोप लाउन बिहीबार मीनभवनस्थित सिभिल हस्पिटल पुगेका गौतमले पत्रकारहरूसँग कुराकानी गर्दै विभाजित नेकपाका दुवै समूहकाे दोस्रो पुस्ताका नेताहरूलाई एकताबद्ध पारी एकताका निम्ति शीर्ष नेताहरूलाई दबाब दिने बताए ।
एकताको पक्षमा नउभिनेलाई भोट नदिनेसम्मको स्थिति निर्माण गर्ने उनको भनाइ थियो।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली अझै पनि एकताको पक्ष नदेखिएको चर्चा गर्दै नेता गौतमले भने, ‘धेरै ठाउँका ठूल्ठूला सभाहरूमा उहाँहरूले बोलेको सुन्दाखेरि एकताको पक्षमा दुवै अध्यक्ष देखिनुभएको छैन।’
चारैतिरबाट दुई अध्यक्षलाई घेराबन्दीमा पार्न सकियो भने एकता गर्न सकिने सम्भावना बलियाे रहेकाे उनले बताए।
‘अध्यक्षद्वयलाई त्यो एकतामा ल्याउन उहाँहरूका वरिपरि बसेकाहरूलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिस्ट आन्दोलनप्रति शुभचिन्तक र समर्थन गर्ने शक्तिबा६ घेराबन्दी गरेर एकताबद्ध गराउने पक्षमा छु ।’











-1790853075.png)