आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा. महत
काठमाडौं, फागुन २० : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारमा जानुपरेको अवस्थामा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट पारेका छन्।चितवनमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै...
काठमाडौं, फागुन २० : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारमा जानुपरेको अवस्थामा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट पारेका छन्।
चितवनमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘हाम्रो उपस्थितिबिना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौं ।’
तर प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि सरकारमा जाने कि नजाने र जानैपरे कुन तरिकाले जाने भन्ने विषयमा पार्टीले धारणा बनाउने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ थियो ।
अर्को प्रसंगमा उनले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिए।
सरकार र सो समूहबीच भएको सहमति सकारात्मक भएको टिप्पणी उनले गरे। ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो,’ उनले भने, ‘सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।’











-1790853075.png)