अब त्रिविका सबै परीक्षामा सिसी क्यामराबाट निगरानी
काठमाडौं, फागुन २० : तपाईं उच्च शिक्षा कहाँ लिइरहनुभएको छ ? अनि तपाईं कत्तिको चिट चोर्नुहुन्छ ?तपाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी हुनुहुन्छ र चिट...
काठमाडौं, फागुन २० : तपाईं उच्च शिक्षा कहाँ लिइरहनुभएको छ ? तपाईं कत्तिको चिट चोर्नुहुन्छ ?
तपाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी हुनुहुन्छ र चिट चोरेकै भरमा उत्तीर्ण हुने सोचिरहनुभएकाे छ भने अब त्यो सोचले काम नदिने भएको छ।
किनकि अब त्रिविले आफ्ना सबै परीक्षामा सिसी क्यामेराबाट समेत निगरानी गर्ने भएको छ।
परीक्षालाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिले सबै परीक्षा केन्द्रमा अनिवार्य रूपमा सिसी क्यामरा राख्ने निर्णय गरेको थियाे।
सोही निर्णयलाई आधार बनाएर त्रिविको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले बिहीबार सूचना नै प्रकाशित गरेर वार्षिक प्रणालीअनुसार परीक्षा हुने सबै केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामरा जडान गर्न निर्देशन दिइसकेको छ।
निर्देशनबमोजिम सिसी क्यामरा जडान नगर्ने परीक्षा केन्द्रलाई त्यसपछिका परीक्षा सञ्चालन गर्न नदिने पनि पनिका बल्खुले जनाएको छ।
सिसी क्यामरा राख्दा परीक्षा सञ्चालन भइरहेको कक्ष र उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्षको मात्र नभई प्रवेशद्वारको स्पट दृश्य देखिने गरी राख्नुपर्ने र त्यसको रेकर्ड डेढ महिनासम्म सुरक्षित रहने व्यवस्था गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।











-1790853075.png)