सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री
काठमाडौं, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिन्धुली जाँदैछन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय...
काठमाडौं, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिन्धुली जाँदैछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीको साथमा राष्ट्रिय योजना आयोगका पदाधिकारी र मन्त्रीहरुसमेत सहभागी हुने बताए ।
शिलान्यासस्थल सदरमुकाम सिन्धुलीमाडीबाट ११ किलोमिटर टाढा पर्दछ ।
आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)