बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्ने
काठमाडौं, फागुन २० : सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।संसदीय दलको बैठकअघि सभापति देउवाले अपरान्ह ३...
काठमाडौं, फागुन २० : सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।
संसदीय दलको बैठकअघि सभापति देउवाले अपरान्ह ३ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन फागुन २३का लागि आव्हान गरेपछि सोही बारेमा रणनीति तय गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बताइएको छ।
कांग्रेसको पार्टी संसदीय दलको बैठक शुक्रबार बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसाे १ बजे बस्ने छ।
प्रकाशित मिति: ०८:५५ बजे, बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)