नेपाल र अस्ट्रेलियाबीचको खेल स्थगित
काठमाडौं, फागुन १९ : सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कप छनोटअन्तर्गत दशरथ रंगशालामा हुने भनिएको नेपाल र...
काठमाडौं, फागुन १९ : सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कप छनोटअन्तर्गत दशरथ रंगशालामा हुने भनिएको नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण एएफसीले नेपाल र अस्ट्रेलियाबीचको खेल स्थगित गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित जनाएको छ । नेपाल र अस्ट्रेलियाबीचको खेल दशरथ रंगशालामा मार्च ३० मा हुने तालिका थियो ।
अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएपछि खेल प्रभावित बनेको हो । अष्ट्रेलियाका खेलाडीहरु युरोपको विभिन्न क्लबबाट खेलिरहेकाले उनीहरु आउन नसकने भएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो।
अष्ट्रेलियाको अनुरोधपछि एएफसीले खेल स्थगित गरेको छ एन्फाले जनाएको छ । स्थगित खेल आगामी जुनमा हुने बताइएको छ ।
यसअघि एएफसीले मंगलबार मात्र विश्वकप छनोटको खेल तालिका परिमार्जन गरेको छ । परिमार्जित तालिकाअनुसार एएफसीले मार्चमा तीन खेल मात्र राखेको थियो। कोभिड–१९का कारण यात्राको प्रतिबन्ध र क्वारेन्टिनको नियमका कारण एएफसीले मार्च ३०का लागि तय भएको तालिका परिमार्जन गरेको थियो । परिर्माजित तालिकामा नेपाल र अस्ट्रेलियाबीचको खेलका विषयमा केही उल्लेख थिएन।











-1790853075.png)