Kathmandu Press

ग्रिसमा ६.३ रेक्टरस्केलको भूकम्प

भूकम्पमा परी धेरै भवन, विद्यालय र आवासीय क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट ढल्दै गरेका भवनहरूबाट जोगिन मानिसहरू सडकमा निस्केका छन्।
ग्रिसमा ६.३ रेक्टरस्केलको भूकम्प

एथेन्स (एएफपी), फागुन १९ : ग्रिसको मध्य क्षेत्रमा बुधबार ६ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पमा परी धेरै भवन, विद्यालय र आवासीय क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट ढल्दै गरेका भवनहरूबाट जोगिन मानिसहरू सडकमा निस्केका छन्।

भूकम्पको केन्द्रविन्दु भएको इलाकामा पहिरोको समेत जोखिम देखिएको अधिकारीहरूले जानकारी दिए।

भूकम्पपछि लगातार परकम्प गइरहेकाले सतर्कता अपनाउन सरकारी एजेन्सीहरूले मानिसलाई अनुरोध गरेका छन्। त्यसमध्ये एउटा परकम्प ४ रेक्टरस्केलको रेकर्ड भएको छ।

सोही क्षेत्रमा १८ औँ शताब्दीमा ६ दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो। 
 
प्रकाशित मिति: १९:३० बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्