Kathmandu Press

पूर्वप्रमुख निर्वाचन आयुक्तले भने, 'नेकपा विवादमा यथाशीघ्र निर्णय गर'

काठमाडौं, फागुन १९ : नेकपा विवादमा यथाशीघ्र निर्णय गर्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।बुधबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त...
पूर्वप्रमुख निर्वाचन आयुक्तले भने, 'नेकपा विवादमा यथाशीघ्र निर्णय गर'

काठमाडौं, फागुन १९ : नेकपा विवादमा यथाशीघ्र निर्णय गर्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

बुधबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त विज्ञप्ति जारी गरी नेकपा विवादमा निर्णय गर्न भएको ढिलाइले आयोगको क्षमतामा प्रश्न उठेको बताएका छन्। उनीहरुले भनेका छन्, 'राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वयत्तताको विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ।'

उनीहरुले नेकपा विवादमा अनिर्णयको बन्दी हुँदा आयोगको शाखमा असर पुग्ने जनाएका छन्। यो ढिलाइले मुलुकको राजनीतिक प्रक्रियामा समेत असर पारेको उनीहरुले बताएका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले भनेका छन्, 'आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानून र स्थापित नजिरहरुका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं।'

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गर्ने निर्णय गरेपछि नेकपा विभाजित भएको छ। सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरिसकेको छ।

तर, दुई महीना बित्दा पनि निर्वाचन आयोगले नेकपा विवादमा निर्णय गरेको छैन। ओली तथा प्रचण्ड नेपाल पक्षमध्ये कुन आधिकारिक हो भन्ने निर्णय नगर्दा अन्योल बढेको छ।

Image

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्