विप्लव समूहसँग बुधबार नै दोस्रो वार्ता
काठमाडौं, फागुन १९ : सरकार र नेकपा (विप्लव समूह)बीच बुधबार नै दोस्रो वार्ता भएको छ। बुधबार बिहान दुई पक्षबीच पहिलो वार्ता भएको थियो।
काठमाडौं, फागुन १९ : सरकार र नेकपा (विप्लव समूह)बीच बुधबार नै दोस्रो वार्ता भएको छ।
बुधबार बिहान दुई पक्षबीच पहिलो वार्ता भएको थियो। बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो वार्ता भएको हो।
वार्तामा सरकारतर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई सहभागी थिए। यस्तै, विप्लव समूहबाट नेता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ र नेता उदय चलाउने सहभागी थिए।
वार्ताबाट छिट्टै सकारात्मक परिणाम आउने दाबी सरकारी पक्षले गरेको छ।
प्रकाशित मिति: १७:४५ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)