Kathmandu Press

नेकपा आधिकारिकता दाबी गर्न फेरि हस्ताक्षर संकलन

काठमाडौं, फागुन १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पेरिसडाँडास्थित कार्यालयमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको...
नेकपा आधिकारिकता दाबी गर्न फेरि हस्ताक्षर संकलन

काठमाडौं, फागुन १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पेरिसडाँडास्थित कार्यालयमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ।

बैठक डाक्ने बेलामा केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिकतासहित उपस्थित हुन भनिएको थियो।

नेकपाको आधिकारिकताबारे टुंगो लाउन निर्वाचन आयोगले ढिलाइ गरिरहेका बेला पुनः आफ्नो दाबी प्रस्तुत गर्न आवश्यक कागजातसहित हस्ताक्षर संकलन गरिएको जनाइएको छ।

यसअघि संकलन गरिएको हस्ताक्षर व्यवस्थित नभएकाे भन्दै पुनः संकलन गरिएको दाहाल–नेपाल समूहका नेताहरूले जनाएका छन्।   

प्रचण्ड–नेपाल समूहको बुधबार मध्याह्नतिर बसेको स्थायी कमिटी बैठकको निर्णयलाई दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो। जसअनुसार संसदीय दलको नेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाइएको छ। 

त्यस्तै बैठकले पार्टी हितविरुद्धको गतिविधि गरेको भन्दै केन्द्रीय सदस्यहरू विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु शाह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गरेको जनाइएको छ।

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्