Kathmandu Press

अब ‘सिंगल थिएटर’ले दर्शक तान्न सक्दैनन्

अबको आवश्यकता सपिङ मलसहितको सिनेमा हल हो, त्यो नभई हल चलाउन सकिन्न। फिल्म राम्रा चलाएर मात्र भएन, ‘सिंगल थिएटर’ हलका भौतिक संरचनाले अब दर्शकलाई हलसम्म तान्नै सक्दैनन्।
अब ‘सिंगल थिएटर’ले दर्शक तान्न सक्दैनन्

काठमाडाैं, फागुन १९ : २० वर्षदेखि सञ्चालनमा रहेको हात्तीसारस्थित जयनेपाल हल सोमबारबाट सदाका लागि बन्द भएको छ। क्वेष्ट इन्टरटेन्मेन्टले सोमबार साँझ हल बन्द गर्ने निर्णय गरेको थियो । लिजमा जग्गा लिएर ‘सिंगल थिएटर’ हल क्वेष्ट इन्टरटेन्मेन्टल सञ्चालन गरिरहेको थियो । ४ सय सिट क्षमता भएको जय नेपाल हलमा थुप्रै नेपाली फिल्मले राम्रो व्यापर उदारहण प्रशस्त छन् । दुई दशकदेखि सञ्चालनमा रहेको हल बन्द गर्नुपर्ने अवस्था किन आयो ? यस विषयमा क्वेष्ट इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनसँग गरिएको छोटो कुराकानी :

२० वर्षदेखि सञ्चालनमा रहेको हल किन बन्द गर्ने निर्णय किन गर्नुभयो?

हाम्रो सोच एकवर्ष अघिदेखिकै हो, निर्णय मात्र अहिले गरेका हौं । निरन्तर घाटामा गएपछि लकडाउन हुनुभन्दा अघि नै हामीले जयनेपाल हल बन्द गर्ने सोच बनाइसकेका थियौं। हल बन्द गर्ने विषयमा छलफल भइरहेकैबेला लकडाउन सुरु भयो, त्यसपछि हामी पनि यत्तिकै बस्यौं ।  

Hardik ivf

अहिले कारोना भाइरसको प्रभाव कम त भएको छ, तर हलमा लगाउन फिल्म छैनन् । तीन वर्षदेखि हामीले घाटामै हल चलाइरहेका थियौं । कतिञ्जेल घाटाको व्यापार गर्ने, त्यसैले हल बन्द गर्ने निर्णय गरेका हौं।

पछिल्ला केही वर्षमा केही मल्टिप्लेक्स हल खुलेका छन् । बन्द हुने हलको संख्या पनि उत्तिकै छ । आखिर किन बन्द भइरहेका छन् त सिनेमा हल?

हामीले सिनेमा हल सुरु गर्दा अहिलेको अवस्था निकै फरक भइसकेको छ। अहिलेको अवस्थामा सिंगल थिएटर चलाउनु घाटाको व्यापार गर्नु मात्र हो। अबको आवश्यकता सपिङ मलसहितको सिनेमा हल हो, त्यो नभई हल चलाउन सकिन्न। फिल्म राम्रा चलाएर मात्र भएन, ‘सिंगल थिएटर’ हलका भौतिक संरचनाले अब दर्शकलाई हलसम्म तान्नै सक्दैनन्।

हलहरू धमाधम बन्द भइरहेका छन्, सिनेमा हल बन्द हुनबाट रोक्न विकास बोर्ड या सरकारको पनि केही भूमिका होला नि?

‘हलहरू धमधम बन्द हुने हो भने फिल्म कहाँ चलाउने ? यसका लागि सम्बन्धित निकायको पहल गर्नुपर्छ’ भन्ने कतिपयको धारणा होला । यो एक हिसाबले ठीक पनि हो । तर म यसमा सहमत छैन । हामीले बिजनेस गर्ने हिसाबले हल खोलेका हौं, पुरानो हलमा व्यापर नै नहुने बन्द गर्‍यौं। यसमा सरकार या विकास बोर्डसमक्ष कुरा राख्नुको कुनै औचित्य छैन ।

जयनेपाल त बन्द गर्ने निर्णय गर्नुभयो, अब फेरि नयाँ हल चलाउनुहुन्छ कि अरू व्यापरमा लाग्नुहुन्छ?

२ दशकदेखि हल सञ्चालन गरियो, अब यसमै लाग्छु, नयाँ ढंगबाट । वीरगञ्जमा सपिङ मलसहितको सिनेमा हल सञ्चालन गर्ने योजना छ। १७ करोड मल निर्माण सुरु भइसकेको छ, ६ महिनामा तयार हुन्छ होला । यस्तै, दमौलीमा भर्खरै खुलेको मलमा क्यूएफएक्स चेनअन्तर्गतको नयाँ हल खेल्ने तयारी पनि छ।

प्रकाशित मिति: १४:१० बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्