केन्द्रीय कमिटीबाट संसदीय दलको नेता चयन गर्दै प्रचण्ड–नेपाल समूह
काठमाडौं, फागुन १९ : नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी बैठक सकिएलगत्तै आज (बुधबार) नै केन्द्रीय कमिटीको बैठक पेरिसडाँडास्थित कार्यालयमा बसिरहेको छ।स्थायी कमिटी बैठकले संसदीय...
काठमाडौं, फागुन १९ : नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी बैठक सकिएलगत्तै आज (बुधबार) नै केन्द्रीय कमिटीको बैठक पेरिसडाँडास्थित कार्यालयमा बसिरहेको छ।
स्थायी कमिटी बैठकले संसदीय दलको नेता चयन गर्नेसहितका एजेन्डा तय गरेकाले केन्द्रीय कमिटी बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।
समूहका दुई अध्यक्षमध्ये संसदीय दलको नेता कसलाई बनाउने भन्ने टुंगो पनि केन्द्रीय कमिटीले लगाउने जनाइएकाे छ।
फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएयता सो समूहको स्थायी र केन्द्रीय कमिटीको बैठक पहिलोपटक बसेको हो।
केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बोलाइएको प्रचण्ड-नेपाल समूहका नेताहरूले बताएका छन्।
केन्द्रीय कमिटी बैठकमा नेकपा आधिकारिकता विवादबारे निर्वाचन आयोगले गरिरहेको आलटालबारे पनि छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १४:०१ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)