महामन्त्री डा. शशांक कोइराला भन्छन्– नेकपामा विभाजन ल्याउन कांग्रेस सरकारमा जानुपर्छ
चितवन, फागुन १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्ताव (नेकपा) प्रचण्ड–नेपालले दर्ता गर्ने र सो...
चितवन, फागुन १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्ताव (नेकपा) प्रचण्ड–नेपालले दर्ता गर्ने र सो समूहसँग आफूहरू मिलेर जानुपर्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. कोइरालाले बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेकपालाई फुटाउन भए पनि कांग्रेस सरकार जानुपर्नेमा जाेड दिएका हुन् ।
कांग्रेस सरकारमा नजाँदा पनि नेकपामा विभाजन आउँछ भने चाहिँ सरकारमा जानुको कुनै आचित्य नभएको उनको तर्क थियो। सुरुमा प्रधानमन्त्रीलाई हटाउनु नै मुख्य विषय भएको महामन्त्री डा. कोइरालाकाे भनाइ थियो ।
कांग्रेसको आगामी महाधिवेशनबारे बोल्दै उनले भदौ ७ गतेदेखि हुने तय गरिएकाे महाधिवेशन मिति अब भने नसर्ने जानकारी गराए।
प्रकाशित मिति: १३:२९ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)