षडयन्त्र आरोपमा थिम्पूस्थित भारतीय दूतावासकी पूर्वकर्मचारीविरुद्ध मुद्दा
थिम्पू, फागुन १९ : भुटानको राजधानी थिम्पूस्थित अदालत अदालत र भुटानी सेनाको उच्च पदमा कार्यभार सम्हालेका तीन आरोपीविरुद्ध दायर मुद्दामा यो साता सुनुवाइ हुने...
थिम्पू, फागुन १९ : भुटानको राजधानी थिम्पूस्थित अदालत अदालत र भुटानी सेनाको उच्च पदमा कार्यभार सम्हालेका तीन आरोपीविरुद्ध दायर मुद्दामा यो साता सुनुवाइ हुने भएको छ । तीमध्ये खान्डु वाङ्मो नामक महिला बढी चर्चामा छिन्, जसले यो प्रकरणमा मुख्य भूमिका वहन गरेकी थिइन् । उनी थिम्पूस्थित भारतीय दूतावासकी पूर्वप्रोटोकल सेक्रेटरी हुन् ।
तीनजना आरोपितमाथि भुटानको सर्वोच्च अदालत र सेनाका उच्चपदस्थ अधिकारीलाई निष्कासन गरेर ती पद कब्जा गर्ने षडयन्त्र गरेको आरोप छ ।
सर्वोच्च अदालतका न्यायाधीश क्युन्ले छिरिङ, ड्रयाङपन येसे दोर्जी ९सहयोगी न्यायाधीश० र रोयल बडिगार्ड ९आरबीजी०का कमान्डेन्ट ब्रिगेडियर थिन्ले तोब्गे पक्राउ परेका प्रमुख अधिकारीहरू हुन् । ‘विद्रोहका लागि उक्साउनु, नातावाद र पक्षपातवाद, आरबीजी कोषको दुरुपयोग र काल्पनिक कागजातको सहयोमा ऋण लिने’लगायत आरोप उनीहरूमाथि छ । तीनैजनाले १ फेब्रुअरीमा थिम्फु ‘जोङ्खाग’ अदालतमा दिएको जमानतको निवेदन अस्वीकृत भएको थियो ।
खान्डु वाङ्मो थिम्पूमा चिरपरिचित व्यक्तित्व हुन्, जसले सन् २०१२ देखि २०१६ सम्म भारतीय दूतावासमा काम गरेकी थिइन् । त्यही व्यक्तित्व भजाएर अदालत र सैन्य पदहरूमा कब्जा जमाउने प्रयास गरेको आरोप उनीमाथि लगाइएको छ ।












