Kathmandu Press

भोकै मुख्यमन्त्री कार्यलय पुगे राउटे अगुवा

कर्णाली, फागुन १९ : राउटे अगुवा दिलबहादुर शाहीसहितको टोलीले आफूहरुलाई खाना र पालको व्यवस्थाप गर्न माग गरेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गर्दै...
भोकै मुख्यमन्त्री कार्यलय पुगे राउटे अगुवा

कर्णाली, फागुन १९ : राउटे अगुवा दिलबहादुर शाहीसहितको टोलीले आफूहरुलाई खाना र पालको व्यवस्थाप गर्न माग गरेका छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गर्दै दिलबहादुले चार महिनासम्म भत्ता नपाउँदा आफ्ना जनतालाई छाक टार्न समस्या परेको भन्दै खानाको व्यवस्था गर्न माग गरे।

मुख्यमन्त्री कार्यालय नै पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिँदा चामल किन्न समस्या भएको उनले बताए । उनले मुख्यमन्त्रीलाई भेट्न भोकै आएको पनि बताए । संघीय सरकारले राउटेलाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

‘मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु’, मुख्यमन्त्रीसँग गुनासो गर्दै दिलबहादुरले भने, पेटभन्दा ठूलो केही छैन, त्ससैले भत्ता र रासनपानी दिएर पठाउनु पर्‍यो, सरकार ।’ 

खानका लागि चामल नहुँदा राउटे परिवारलाई भोकले ठूलो समस्या बनाएको बताउँदै दिलबहादुरले जतिसक्दो चाँडो खानाको व्यवस्था मिलाउन आग्रह गरे । कर्णालीमा ४६ घर परिवार राउटे छन् ।

मुख्यमन्त्री शाहीले राउटे अगुवा दिलबहादुरलाई प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए।
 

प्रकाशित मिति: १२:०७ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्