प्रचण्डदेखि सभामुखसम्मले लगाए कोरोना खोप (फाेटाे फिचर)
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरुले कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्नि सापकोटाले खोप लगाएका छन् ।काठमाडौं, फागुन १९ : नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरुले कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्नि सापकोटाले खोप लगाएका छन् ।
फागुन २३ बाट प्रतिनिधि सभाको अधिवेशन सुरु हुने भएकाले त्यसअघि आज प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सांसद्हरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ।
प्रतिनिधि सभा र राष्ट्रियसभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।
प्रकाशित मिति: ११:१८ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१