प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर प्रचण्डले केही समयअघि खोप लगाएका हुन्।यस्तै,...
काठमाडौं, फागुन १९ : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर प्रचण्डले केही समयअघि खोप लगाएका हुन्।
यस्तै, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेता लालबाबु पण्डित लगायतले खोप लगाइसकेका छन्।
आज प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सांसद्हरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ।
प्रतिनिधि सभा र राष्ट्रियसभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।
प्रकाशित मिति: १०:३९ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











