Kathmandu Press

दुर्घटना कम गर्न आकाशेपुल मर्मत र निर्माण गर्दै महानगर

सडक दुर्घटना न्यूनिकरणका लागि काठमाडौं महानगरपालिकाले पुराना आकाशेपुल ममर्त र नयाँ आकाशेपुल निर्माण गर्ने भएको छ । सोही अनुसार महानगरले चालु आर्थिक वर्षमा...
दुर्घटना कम गर्न आकाशेपुल मर्मत र निर्माण गर्दै महानगर
तस्बिर : सुजल बज्राचार्य ।

सडक दुर्घटना न्यूनिकरणका लागि काठमाडौं महानगरपालिकाले पुराना आकाशेपुल ममर्त र नयाँ आकाशेपुल निर्माण गर्ने भएको छ । सोही अनुसार महानगरले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता दिएको छ ।

महानगरले अहिले वीर अस्पतालअगाडिको आकाशे पुल मर्मत गरिरहेको छ । यो काम सकेसँगै आवश्यकता अनुसार अन्य स्थानमा पनि काम अघि बढाइने महानगरको तयारी छ ।

Hardik ivf

काठमाडौं महानगरभित्र अहिले सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल छन्। भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा राम्रो अवस्थामा रहेको अन्य स्थानका आकाशे पुल मर्मत गर्नुपर्ने अवस्थामा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

तत्काल आठ स्थानमा पुल बनाउने योजना महानगरको छ । ती मध्ये चावहिल र पुरात्व विभागअगाडि पुल निर्माण भइसकेका छन् भने अन्य तीन स्थानमा निर्माण चरणमा छन् । अन्य ठाउँमा पनि चाँडै निर्माण सुरु गर्ने तयारी महानगरको छ । पुलको आवश्यकता धेरै स्थानमा छ र भएकाको पनि मर्मतको काम त्यत्तिकै आवश्यकता रहेकाले कामपाले यी दुवै कामलाई अघि बढाएको प्रवक्ता डंगोलले बताए।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने महानगरको योजना छ ।

 

 

प्रकाशित मिति: १०:०१ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्