कांग्रेस शीर्ष नेता चितवन जाँदै
काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू आज चितवन जाने भएका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद् एकथाना रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी...
काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू आज चितवन जाने भएका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद् एकथाना रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू चितवन जाने भएका हुन्।
रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवासहित, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतका नेता चितवन जाने बताइएको छ।
श्रद्धाञ्जली सभा रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुनेछ । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो । रानाभाट २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: ०९:३३ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











