Kathmandu Press

वुल्भ्समाथि सिटीको सानदानर जित

काठमाडाैं, फागुन १९ : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। सोही क्रममा सिटीले मंगलबार राति भएको खेलमा वुल्भ्समाथि...
वुल्भ्समाथि सिटीको सानदानर जित

काठमाडाैं, फागुन १९ : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। सोही क्रममा सिटीले मंगलबार राति भएको खेलमा वुल्भ्समाथि ४–१को जित निकाल्यो।

यो जितसँगै सिटीले आफ्नो शतप्रतिशत जितको यात्रालाई २१ खेलसम्म निरन्तरता दिएको छ । यसमा सिटीले ५५ गोल गर्दा ८ गोल मात्र खाएको छ । सबै प्रतियोगितामा गरी २८ खेलयता अपराजित छ। जसमा २५ जित र ३ बराबरी सामेल छ।

घरेलु मैदानमा सिटीलाई सानदार जित दिलाउन ग्याब्रिअ जिससले २ गोल गरे भने रियाद महारेजको नाममा एक गोल रह्यो । यस्तै, अर्को गोल वुल्भ्समा लिन्डर डेन्डोन्करले आत्मघाती गोल गरेका थिए भने वुल्भ्सका कोनर कोडीले गोल गरेका थिए।

१५औं मिनेटमा डेन्डोन्करको आत्मघागी गोल मद्दतमा सिटीले सुरुवाती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो। ५६औं मिनेटमा उल्भ्सका लागि कोडीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर, खेलको अन्तिम १० मिनेटमा ३ गोल गर्दै सिटीले सहज जित निकाल्यो। ८० औं मिनेटमा ग्याब्रियल जिसस गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । ९०औं मिनेटमा महारेजले गोल गरेपछि सिटी ३–१ ले अघि रह्यो । इन्जुरी समयमा जिससले नै गोल गरेपछि सिटी ४–१ले विजयी भयो।

यो जितसँगै सिटीले शीर्ष स्थानमा १५ अंकका अग्रता बनाएको छ । २७ खेलमा ६५ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २६ खेलमा ५० अंक छ । वुल्भ्स २७ खेलमा ३४ अंकसहित १२ औं स्थानमा छ ।

 

प्रकाशित मिति: ०८:२७ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्