Kathmandu Press

कोरानाकालमा होमवर्कको बोझ

यस वर्ष हाइस्कुलका ५० प्रतिशतभन्दा बढी विद्यार्थी फुर्सदिलो रहेको देखाएको छ। कक्षामा अनुत्तीर्ण वा लगभग अनुत्तीर्ण हुने विद्यार्थीको संख्यामा नाटकीय रूपमा वृद्धि भइरहेको अध्ययनमा देखिएको छ।
कोरानाकालमा होमवर्कको बोझ

कोभिड-१९ महामारीबीच सञ्चालनमा आएका विद्यालयले विद्यार्थी खासगरी किशोर-किशोरीमा तनाव बढाएको छ। स्ट्यानफोर्ड ग्रयाजुएट स्कुल अफ एजुकेसनसँग सम्बद्ध गैरनाफामुखी संस्था एनबीसी न्युज एन्ड च्यालेन्ज सक्सेसले हालै गरेको एक अध्ययनले अघिल्लो वर्षको तुलनामा यस वर्ष हाइस्कुलका ५० प्रतिशतभन्दा बढी विद्यार्थी फुर्सदिलो रहेको देखाएको छ। कक्षामा अनुत्तीर्ण वा लगभग अनुत्तीर्ण हुने विद्यार्थीको संख्यामा नाटकीय रूपमा वृद्धि भइरहेको अध्ययनमा देखिएको छ।

विद्यालयवाट विद्यार्थीहरू फुर्सदिला हुनुको गृहकार्य कम भएर होइन। यदि गृहकार्य नै समस्या हो भने यससँग सहजै लड्न सकिन्छ। विद्यार्थीहरू जति पछि पर्छन्, त्यति नै उनीहरू आत्तिन्छन् र पढेको कुरा सिक्न सक्दिनँ भन्ने सोच्छन्।

तर, खुशीको कुरा के भने गृहकार्य नभएको अवस्था पत्ता लगाउनु बालबालिकालाई ट्रयाकमा फर्काउन मद्दत गर्ने पहिलो चरण हो। तपाईंले केवल केही विषयमा ध्यान दिनुपर्छ।

Hardik ivf

रिसभन्दा सहानुभूति
महामारीको समयमा आफ्ना बालबालिकाले गृहकार्य नगरेको देख्दा तपाईंलाई रिस उठ्न सक्छ। सबै मानिस महामारीका कठिनाइबाट थकित छन् र धेरै अभिभावक त आफूले सक्नेभन्दा ज्यादा गरिरहेका छन्।

रिसाइरहँदा बालबालिकाले त्यसबाट जोगिने वा वास्ता नगर्ने व्यवहार अपनाउन सक्छन्। त्यसैले रिसाउनु साटो पे्रमिल हुने प्रयास गर्नुहोस्। प्रायः पछाडि परिरहेको विद्यार्थीलाई तिनीहरू के समस्याबाट गुज्रिरहेका छन् भन्ने बुझने र समाधान गर्ने व्यक्तिको खाँचो हुन्छ। यदि सहानुभूति देखाउन गाह्रो भइरहेको छ भने यस वर्ष विद्यार्थीलाई पछाडि पार्ने धेरै कारण थिए भन्ने याद गर्नुहोस्।

नेड जोन्सन शिक्षक र ‘द सेल्फ-ड्रिभन चाइल्ड’ पुस्तकका सह-लेखक हुन्। किशोर-किशोरीमाझ आफैँले इमेल व्यवस्थापन गर्ने विषयमा थोरै अनुभव छ भन्ने उनलाई जानकारी छ। आधुनिक जमानामा इमेल दुर्गम क्षेत्रका लागि सूचना प्राप्त गर्ने मुख्य स्रोत बनेको छ। ‘हामी बयस्कलाई त इमेलले निराश बनाएको छ र इमेलसँग सहज महसुस गरिरहेको छैनौँ। तर, अचानक सबै  गृहकार्यको लिंक जुममार्फत प्राप्त गर्न कति गाह्रो हुन्छ होला, कल्पना गर्नुहोस्,’ उनी भन्छन्।

दुर्गम क्षेत्रका विद्यार्थीले कमजोर इन्टरनेट सेवाको समस्या सामना गरिरहेका हुनसक्छन्। अरू विद्यार्थीले पढाएको मुख्य कुरा नै छुटाउन सक्छन्। कारण- उनीहरूको ध्यान मोबाइल वा कम्प्युटरको स्क्रिनमा रहेका शिक्षक र घरायसी वातावरणमा केन्द्रित भइरहेको हुन्छ।

‘धेरै वयस्कले पनि यस्तै समस्या भोगिरहेका छन्,’ म्यासाचुसेट्स जनरल अस्पतालको लर्निङ एन्ड इमोसनल एसेस्मेन्ट प्रोग्रामका मनोवैज्ञानिक चिकित्सक तथा कार्यकारी निर्देशक एलेन ब्राटन भन्छन्, ‘तिनीहरू शारीरिक रूपमा विद्यालयमा उपस्थित हुँदा बढी उपयोगी हुन्छन्। तर, धेरैले घरबाट अव्यवस्थित वातावरणका कारण पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेका हुँदैनन्।’

विद्यालयमा प्रत्यक्ष कक्षा लिँदा भन्दा जुममार्फत गृहकार्य गर्न किशोर-किशोरीलाई गाह्रो हुन सक्छ। कार्यकारी क्रिया पनि भनिने मानसिक कौशलले हामीलाई संगठित रहन मद्दत गर्छ। मनोवैज्ञानिक तनावले कार्यकारी क्रियालाई असर गर्छ, जुन आजका किशोर-किशोरीमा असामान्य रूपमा उच्च छ।

समस्या पत्ता लगाउन सँगै काम गर्नुहोस्
तपाईंको बालबच्चामा शैक्षिक समस्या भेट्नु भयो भने पक्कै पनि तपाईं त्यो समस्या निदान गर्न व्याकुल भएर लाग्नुहुन्छ। त्यसैले समस्या पत्ता लगाउनु नै समाधानमा अगाडि बढ्ने उत्तम विधि हो। वान स्कुल हाउसका सहायक प्रमुख लिज क्याट्जले विद्यार्थीहरू स्कुलमा पछाडि पर्ने कारणको खोजी गर्न सुझाए। कसैलाई उनीहरूले के गर्नुपर्ने भन्ने थाहा हुँदैन,  कतिलाई थाहा हुन्छ तर गर्दैनन्। र, कतिले राम्रै प्रयास गरिरहेका हुन्छन् तर अपेक्षा पूरा गर्न सकिरहेका हुँदैनन्।

किशोर-किशोरीसँग उनीहरूलाई के कुरामा र कहाँ समस्या भइरहेको छ भन्ने कुरा गर्दा दयालु, जिज्ञासु र सहयोगी हुनुहोस्। ‘तपाईं यो समस्यामा पर्नुभयो वा अल्झनुभयो’ भन्ने भन्दा पनि तपाईं भन्न सक्नुहुन्छ, ‘के गलत भइरहेको छ भन्ने कुरा बुझौँ, जसबाट हामीले समस्याको उचित समाधान निकाल्न सकौँ।’

विद्यार्थीहरू आफूसँग अपेक्षा गरेको विषय पूरा गर्न संघर्ष गरिरहेका हुन्छन्। गृहकार्यको सन्दर्भमा उनीहरूले शिक्षकसँग सल्लाह लिनलाई सम्पर्क गर्न सक्छन्।

अभिभावक वा हेरचाहकर्ताका रूपमा तपाईं उनीहरूलाई शिक्षकसमक्ष कसरी पहुँच बनाउने प्रशिक्षण दिन सक्नुहुन्छ। र, शिक्षकहरू सधैँ विद्यार्थीलाई सहायता गर्न उत्सुक रहन्छन्। विद्यार्थीलाई कहाँ समस्या भयो वा तिनीहरूले के गरे भन्ने कुरा जनाउँदै शिक्षकलाई मेल लेख्न सकिन्छ भन्ने सल्लाह दिनुहोस्।

‘धेरै विद्यार्थीका लागि शिक्षकसँग सहयोग माग्ने क्षमता पूर्ण विकास भएको हुँदैन,’ श्रीमती काट्ज भन्छिन्, ‘या उनीहरूले केही गलत गरेँ कि भन्ने महसुस गर्न सक्छन्। आफूलाई साधारण बनाउनु र स्व-परामर्शका लागि विद्यार्थीको प्रशंसा गर्न महत्त्वपूर्ण हुन्छ।’

विद्यार्थीहरू प्रेरणा नपाएर गाह्रो अवस्थाबाट गुज्रिरहेका हुन सक्छन्। र, उनीहरूलाई सहायता आवश्यक हुन सक्छ। त्यसबाहेक आफूभन्दा साना भाइबहिनीको हेरचाहमा समय दिनुपरिरहेको हुन सक्छ। अनि शिक्षकले दिएको गृहकार्य गर्न नसकिरहेका हुन सक्छन्।

यस्ता अवस्थामा आमा-बाबु र विद्यार्थी मिलेर सबैभन्दा ठूलो प्राथमिकतालाई सम्बोधन गर्ने योजना बनाउन सक्छन्। यसको मतलव किशोरावस्थाको शक्तिलाई कता निर्देशन गर्ने वा अझै कस्तो थप ससहयोग गर्न सकिन्छ भन्ने कुराको सहमति हुन सक्छ।

कतिपय अवस्थामा शैक्षिक समस्या पनि मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ। यदि कोही विद्यार्थी डिप्रेसन वा चिन्ताग्रस्त छ, औषधिको प्रयोग गरिरहेको छ, वा कुनै अन्य महत्वपूर्ण भावनात्मक वा व्यावहारिक समस्या देखाइरहेको छ भने उचित समाधानका लागि स्कुलका परामर्शदाता र पारिवारिक चिकित्सकसँग सल्लाह लिनुपर्छ। यस्तो अवस्थामा गृहकार्यभन्दा उपचारलाई प्राथमिकता दिनुपर्छ।

‘यदि तपाईं उदास हुनुहुन्छ भने कुनै पनि सरसल्लाहले काम गर्दैनन् किनकि त्यो समस्या नै होइन,’ डा. ब्राटेन भन्छन्। सुक्ष्म ढंगले सिक्ने वा ध्यान दिन नसक्ने अवस्थाका विद्यार्थीमा अनलाइन कक्षाहरू सुरु भएयता त्यही कुरा समस्याको रूपमा देखापरेको छ।

परिवर्तनका लागि एक कदम पछाडि
‘हामी सबैले संयमता अपनाउनुपर्छ,’ डा. ब्राटेन भन्छन्, ‘र, विद्यार्थीले वास्तवमै के गर्नुपर्छ र उनीहरूले के गर्नुहुँदैन भन्ने कुराको समाधान खोज्नुपर्छ।’ अभिभावकले उच्च ग्रेड ल्याउनुपर्छ भन्दै विद्यार्थीलाई उत्प्रेरित गर्ने आशाले त्यस कुरामा जोडदिनसक्छन् तर त्यसले बालबालिकालाई आफू पछाडि परेको अवस्थाबाट निस्किनेभन्दा झन गाह्रो बनाउन सक्छ।

आफ्नो कमजोरी सामना गर्दैगर्दा विद्यार्थीले कसरी त्यसबाट बाहिर निस्किने भन्ने परामर्श आवश्यक हुन्छ। के हरेक कक्षामा समान रूपमा विद्यार्थीले उच्च ग्रेड ल्याउन जरुरी छ ? के यसको सट्टा आफ्नो रुचिको विषयमा उनीहरूलाई स्थापित गर्न सकिँदैन ? जोन्सनका अनुसार हालका लागि अपेक्षाहरू कम गर्नाले वास्तवमा बच्चाहरूलाई ट्र्याकमा आउन मद्दत गर्छ।

विद्यार्थीले विद्यालयबाट धेरै सिकेको कुरा मात्र पाठ्यक्रम होइन तर समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने महत्वपूर्ण भएको डा. ब्राटेन औंल्याउँछन्। किशोर-किशोरीसँगको रचनात्मक कुराकानीमा संलग्न हुनु भनेको कसरी तिनीहरू पछाडि परे भनेर पत्ता लगाउन पनि महत्वपूर्ण समय हुन सक्छ। ‘१६ वर्षे किशोरले जब आफू तनावमा भएको कुरा बुझ्छ, म यसरी नै प्रतिक्रिया दिन्छु,’ डा. ब्राटेन भन्छन्, ‘यसले हामीलाई भविष्यमा धेरै परसम्म पुग्न मद्दत गर्छ।’

विद्यार्थीले विद्यालयमा शैक्षिक पाठ्यक्रम मात्र सिक्दैनन्, जीवन पद्दति पनि सिक्छन्। यस वर्ष विद्यार्थीले आफू पछाडि परेको निराशाबाट कसरी निस्किने भन्ने सिकेका छन्। र, भविष्यका विपत्तीमा पनि यो उनीहरूका लागि उपयोग हुन सक्छ।

(लिजा डेमोर मनोवैज्ञानिक चिकित्सक र लेखक हुन्। यो सामग्री न्युयोर्क टाइम्सबाट लिइएको हो।)
 

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्