Kathmandu Press

महेश बस्नेत भन्छन्– नेकपा संसदीय दलमा ओलीको बहुमत छ

महेश बस्नेत भन्छन्– नेकपा संसदीय दलमा ओलीको बहुमत छ
फाइल तस्बिर ।


काठमाडौं, फागुन १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले नेकपा संसदीय दलमा प्रधानमन्त्री केपी ओलीको बहुमत रहेको बताएका छन् । उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा संसदीय दलमा प्रधानमन्त्री ओलीका पक्षमा ९२ जना सांसद रहेको बताएका छन् ।

नेता बस्नेतले अबको प्रधानमन्त्री पनि ओली नै हुने बताए । उनले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन प्रचण्ड–नेपाल समूहलाई सुझाव पनि दिए ।

 

प्रकाशित मिति: २१:३० बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्