Kathmandu Press

बेइजिङमा ५० लाखभन्दा बढीले लगाए कोभिड खोप

हालसम्म २६ लाख ४० हजारजनाले दोस्रो चरणको खोप लिइसकेको बेइजिङ नगर सरकारले जनाएको छ।
बेइजिङमा ५० लाखभन्दा बढीले लगाए कोभिड खोप

बेइजिङ, फागुन १८ : कोरोना भाइरसको उद्‍गम मुलुक चीनको राजधानी बेइजिङमा ५० लाखभन्दा बढीले त्यसविरुद्धको खोप लगाएका छन्।

तीमध्ये २६ लाख ४० हजारजनाले दोस्रो चरणको खोप लिइसकेको बेइजिङ नगर सरकारले जनाएको छ।

गत १ जनवरीदेखि बेइजिङमा कोभिड-१९ विरुद्ध खोप दिन थालिएको हो। भन्सार निरीक्षकहरू लगायत फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई दुवै चरणको खोप दिइसकिएको छ।

बेइजिङमा खोप अभियानलाई तीव्र बनाइएको छ। खासगरी, कोरोना संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति र उमेर समूहलाई यस अभियानमा अत्यधिक समेट्ने सरकारी योजना छ। 

सामाजिक सुव्यवस्था कायम राख्न र आपूर्ति व्यवस्थापनमा खटिएका कर्मचारीलाई प्राथमिकताका साथ खोप लगाइएको छ। यस्तै, श्रमिक र उद्योगहरूका कर्मचारीलाई पनि खोपमा प्राथमिकता दिइएको छ।

ज्येष्ठ नागरिकहरू, राम्रो शारीरिक अवस्थाका बावजुद खोप लगाउनैपर्ने बाध्यतामा भएका मानिसलाई पनि प्राथमिकताका साथ खोप दिइरहेको अधिकारीहरूले बताए। विस्तारै अन्य सबै समूहलाई पनि अभियानमा सहभागी गराउने योजना सरकारको छ।

संघाई डेलीबाट
 

प्रकाशित मिति: २०:५० बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्