Kathmandu Press

'देशको स्वास्थ्य' सुधारका लागि डा. भट्टराईका सुझाब

काठमाडौं, फागुन १८ : भारतको नयाँ दिल्लीमा उपचार गरेर फर्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो भन्दा 'देशको स्वास्थ्य'को चिन्ता भएको बताएका छन्। उनले 'देशको...
'देशको स्वास्थ्य' सुधारका लागि डा. भट्टराईका सुझाब

काठमाडौं, फागुन १८ : भारतको नयाँ दिल्लीमा उपचार गरेर फर्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो भन्दा 'देशको स्वास्थ्य'को चिन्ता भएको बताएका छन्। उनले 'देशको स्वास्थ्य सुधार'का लागि सुझाब दिएका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.भट्टराई भारतको दिल्लीमा उपचार गरेर मंगलबार स्वदेश फर्किएका हुन्। उनलाई न्यूरोइन्डोक्राइन ट्युमर भएको छ।

उपचार गरेर फर्केका डा. भट्टराईले आफ्नो भन्दा 'देशको स्वास्थ्य'ले गम्भीर बनाएको बताएका छन्। उनले भनेका छन्, '१० दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।'

उनले 'देशको स्वास्थ्य' सुधारका लागि केही कामको सूचि बनाएका छन्। उनले भनेका छन, 'अहिलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति हो। बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक फरगिभ एन्ड फरगेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौं।'

यसपछि उनले गर्नुपर्ने कामको सूचि बनाएका छन्। उनले सुझाएको पहिलो काम छ, 'टीआरसीलगायत शान्तिप्रक्रियाका बॉकी काम पूरागरौं।'

त्यसतै उनले दोस्रो काम भनेका छन्, 'सहमतिले संविधान संशोधन गरौं।' तेस्रो काममा 'संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ' भनेका छन्।

यसैगरी चौथोमा भनेका छन्, 'समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं।' डा.भट्टराईको पाँचौ नम्बरमा छ, 'विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत भारत/चीन/अमेरिकासंग असल सम्बन्ध बनाऊॅ।'

उनी उपचारका लागि फागुन ८ गते भारतका गएका थिए। उनलाई ट्युमर भएको देखिएको छ। ट्युमरको दुई तीन महिनामा शल्यक्रिया गर्न चिकित्सकले सुझाएका छन्।

प्रकाशित मिति: २०:४३ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्