Kathmandu Press

दशरथ रंगशालामा हुने नेपाल र अस्ट्रेलियाबीचको खेल अन्योलमा

काठमाडाैं, फागुन १८ : विश्वकप छनोटअन्तर्गतको दशरथ रंगशालामा हुने भनिएको नेपाल र अस्ट्रेलियाबीचको खेल अन्योलमा परेको छ। नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोटको खेल...
दशरथ रंगशालामा हुने नेपाल र अस्ट्रेलियाबीचको खेल अन्योलमा

काठमाडाैं, फागुन १८ : विश्वकप छनोटअन्तर्गतको दशरथ रंगशालामा हुने भनिएको नेपाल र अस्ट्रेलियाबीचको खेल अन्योलमा परेको छ। नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोटको खेल मार्च ३० का लागि तय थियो।

कोरोनाका कारण एएफसीले विश्वकप छनोटका खेलहरू एउटै भेन्यूमा गर्ने तयारी गरेकाले दशरथ रंगशालामा हुने नेपाल र अस्ट्रेलियाबीचको खेल अनिश्चित बनेको हो।

कोभिड–१९का कारण यात्राको प्रतिबन्ध र क्वारेन्टिनको नियमका कारण एएफसीले मार्च ३०का लागि तय भएको तालिका परिमार्जन गरेको छ । एएफसीले मंगलबार विश्वकप छनोटको तालिका परिमार्जन गरेको छ। नयाँ तालिकाअनुसार मार्चमा विश्वकप छनोटका ३ खेल मात्र हुने छ। परिर्माजित तालिकामा नेपाल र अस्ट्रेलियाबीचको खेलका विषयमा केही उल्लेख छैन ।

एक समूहका खेल एउटै देशमा गर्ने एएफसीको योजना छ।  नेपाल रहेको समूह बीका बाँकी खेल आयोजनाका अस्ट्रेलिया, जोर्डन र नेपालले दाबी प्रस्तुत गरेको बताइएको छ। पूर्वाधार र सुरक्षाका कारणले नेपालले समूह सबै खेल आयोजनाको जिम्मा पाउने सम्भावना कम छ। आयोजनाको दाबी गरेका तीनै देशमा खेल नुहने अवस्था आए न्यूट्रल भेन्यूमा खेल हुनेछ।

एएफसीले विश्वकप र एसियाकपको छनोट चरणका बाँकी खेलहरु आयोजना गर्न विभिन्न समूहमा रहेका आफ्ना सदस्यहरुलाई आवेदन दर्ता गर्न भनेको छ । ‘सेन्ट्रल भेन्यु’मा आयोजना गर्ने छनोट चरणका खेलहरु २०२१ मे ३१ देखि जुन १५ सम्म गरिने एएफसीले जनाएको छ।

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्