Kathmandu Press

प्रदर्शनकाबेला सम्पत्ति नष्ट भए एक वर्ष जेल

लखनउ, फागुन १८ : भारतको उत्तर प्रदेशमा कुनै प्रदर्शनका बेला सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगे एक वर्षसम्म जेल सजाय हुने भएको छ।उत्तर...
प्रदर्शनकाबेला सम्पत्ति नष्ट भए एक वर्ष जेल

लखनउ, फागुन १८ : भारतको उत्तर प्रदेशमा कुनै प्रदर्शनका बेला सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगे एक वर्षसम्म जेल सजाय हुने भएको छ।

उत्तर प्रदेश विधानसभाले सोमबार पारित गरेको ‘सार्वजनिक र निजी सम्पत्ति क्षतिपूर्ति विधेयक २०२०’मा प्रदर्शनका क्रममा सरकारी वा निजी सम्पत्तिलाई हानी गरेको प्रामाणित भएमा प्रदर्शनकारीलाई एक वर्ष कैद वा पाचँ हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

उत्तर प्रदेश विधानसभाले सोमबार नै ‘गुण्डा नियन्त्रण (संशोधन) विधेयक, २०२०’ पनि पारित गरेको छ। ‘गुण्डा नियन्त्रण विधेयक’ संशोधन भएपछि अपराधिक क्रियाकालापमा संलग्नलाई प्रहरीले एक वर्ष हिरासतमा राख्न पाउने छ।

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्