Kathmandu Press

विद्यार्थीको प्रदर्शनमा अढाइ सय सुरक्षाकर्मी

काठमाडौं, फागुन १८ :  पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध भोलि बुधबार ६ विद्यार्थी संगठनले गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना तयार पारेको छ।
विद्यार्थीको प्रदर्शनमा अढाइ सय सुरक्षाकर्मी
फाइल तस्बिर

काठमाडौं, फागुन १८ :  पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध भोलि बुधबार ६ विद्यार्थी संगठनले गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना तयार पारेको छ।

६ विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने निर्णय गरेका छन्। अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौँलगायतका ६ संगठनले बुधबार मध्यान्ह आयल निगम घेराउ गर्न लागेका हुन्।

कार्यक्रम अवधिभर कुनै अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा योजना तयार पारेको हो, जसमा निषेधित क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ।

सुरक्षा योजनाअनुसार नयाँबानेश्वर, माइतीघर मण्डला, स्वास्थ्य मन्त्रालय अगाडि, अन्नपूर्ण अस्पताल मोड, भद्रकाली, पद्मोदय मोड, नेपाल आयल निगम नजिकको क्षेत्र, सडक विभाग जाने मोड नजिक, शीतल निवास अगाडि, प्रज्ञा प्रतिष्ठान मोड, बालुवाटार क्षेत्रलगायत इलाकामा व्यापक सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

ती क्षेत्रमा डीएसपी, इन्स्पेक्टर र जुनियर प्रहरी अधिकृतको कमान्डमा सुरक्षाकर्मी परिचालित हुने छन्। सुरक्षा व्यवस्था मजबुत बनाउन अढाइ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १८:४६ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्