Kathmandu Press

कोरोनाविरुद्धको खोप थप ५० लाख डोज किन्ने तयारी

काठमाडौं, फागुन १८ : कोरोना भाइरसविरुद्धको खोप थप ५० लाख डोज किन्ने तयारी थालिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप किन्न प्रक्रिया थालेको...
कोरोनाविरुद्धको खोप थप ५० लाख डोज किन्ने तयारी

काठमाडौं, फागुन १८ : कोरोना भाइरसविरुद्धको खोप थप ५० लाख डोज किन्ने तयारी थालिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप किन्न प्रक्रिया थालेको हो। थप ५० लाख डोज खोप खरिद गर्ने तयारी थालिएको मन्त्रालकाय सचिव लक्ष्मण अर्यालले बताए।

मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको कोरोनाको सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव अर्यालसँग छलफल गरेको थियो। छलफलमा सचिव आर्यालले भने, थप ५० लाख डोज खोप किन्नका लागि तयारी शुरु गरेका छौं। खोप खरिदको स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले गरेको छ।

अहिले सरकारसँग ३० लाख डोज खोप रहेको छ। त्यस्तै, कोभ्याक्स सुविधामार्फत थप २२ लाख खोप आउन लागेको छ।
यस्तै, चीनले पनि खोप दिने भएको छ। चीनले आठ लाख डोज खोप दिन लागेको उनले बताए।

सरकारले फागुन २३ गतेदेखि दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्दै छ। यो चरणमा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी छ।

त्यसपछि तेस्रो चरणको खोप अभियानमा आगामी वैशाख ७ गतेदेखि सञ्चालन गर्ने योजना छ। जसमा ४० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइनेछ।

सरकाले फागुन १० गतेदेखि खोप लगाउन थालेको थियो। अहिलेसम्म चार लाख २९ हजार सात सय पाँच जनाले खोप लगाएका छन्।

प्रकाशित मिति: १८:४४ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्