ताप्लेजुङ आगलागी : पीडितलाई राहतको व्यवस्था गर्न राष्ट्रपतिको आग्रह, सक्दो सहयोग गर्ने योगेश भट्टराईको प्रतिबद्धता
काठमाडौं, फागुन १८ : ताप्लेजुङको दोभान बजारमा आगलागीबाट पीडित भएकाहरुलाई यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग आग्ह गरेकी छिन्।आगलागीको...
काठमाडौं, फागुन १८ : ताप्लेजुङको दोभान बजारमा आगलागीबाट पीडित भएकाहरुलाई यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग आग्ह गरेकी छिन्।
आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपतिले हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्न आग्रह गरेकी छिन् ।
यसैगरी नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ताप्लेजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका भट्टराईले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका थिए।











