सभामुखले दलहरूसँग परामर्श थाल्ने
काठमाडौं, फागुन १८ : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूसँग परामर्श थाल्ने भएका छन्। सभामुख सापकोटाले बुधबारदेखि दलहरूसँग परामर्श सुरु गर्ने भएका हुन्।सोमबार संसद...
काठमाडौं, फागुन १८ : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूसँग परामर्श थाल्ने भएका छन्। सभामुख सापकोटाले बुधबारदेखि दलहरूसँग परामर्श सुरु गर्ने भएका हुन्।
सोमबार संसद भवन बानेश्वर पुगेरका सापकोटाले संसद अधिवेशनको तयारीको अवलोकनका क्रममा बैठकको तयारीका लागि आफूले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्न लागेको बताएका थिए । उनले संसद् अधिवेशनको तयारी सन्तुष्ट रहेको बताए।
सरकारको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् अधिवेशन आव्हान गरेकी थिइन्।
प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











