Kathmandu Press

मुल्यवृद्धिको विरोधमा विद्यार्थीले आयल निगम घेर्ने 

काठमाडौं, फागुन १८ ःनेपाल आयल निगमले पटक पटक गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले आयल निगम घेराउ गर्ने भएका छन् । ६ विद्यार्थी...
मुल्यवृद्धिको विरोधमा विद्यार्थीले आयल निगम घेर्ने 

काठमाडौं, फागुन १८ ःनेपाल आयल निगमले पटक पटक गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले आयल निगम घेराउ गर्ने भएका छन् । 

६ विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने निर्णय गरेका हुन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार मध्यान्ह १२ बजे आयल निगम घेराउ गर्ने बताएका छन् । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले दुई सातामा तीन पटक मूल्य वृद्धि गरेको छ। 

अहिले पेट्रोल प्रतिलिटर एक सय १६ रुपैयाँ र डिजेल तथा मटितेल ९९ रुपैयाँ छ भने हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ र आन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य ८९३ अमेरिकी डलर छ।

समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२।८२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्