Kathmandu Press

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा टोली गठन

काठमाडौं, फागुन १८ः सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा टोली गठन गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले...
विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा टोली गठन

काठमाडौं, फागुन १८ः सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा टोली गठन गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको बताएका हुन्। 

Hardik ivf

मन्त्री गुरुङले विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने र सरकारसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरेका छन्।

विप्लव समूहले पनि मंगलवार नै वार्ता टोली घोषणा गर्ने सम्भावना छ । विप्लव समूहले प्रवक्ता खगडबहादुर विकको संयोजकत्वमा वार्ता टोली गठनको तयारी गरेको बताइएको छ। 

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्