Kathmandu Press

बीएन्डसी कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको ठाडो हस्तक्षेप : कांग्रेस

कांग्रेस शिक्षा विभाग सचिव डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘सरकार आफैँले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरीत बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो।’
बीएन्डसी कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको ठाडो हस्तक्षेप : कांग्रेस

काठमाडौं, फागुन १८ : झापा बिर्तामोडस्थित बीएन्डसी कलेजलाई सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ठाडो हस्तक्षेप गरेको उल्लेख गर्दै कांग्रेसले आपत्ति जनाएको छ।

काठमाडौं विश्‍वविद्यालय सभाले हालै उक्त कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।

‘कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा बीएन्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने काठमाडौं विश्‍वविद्यालय सभाको निर्णयप्रति कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेस शिक्षा विभाग सचिव डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘सरकार आफैँले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरीत बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो।’

शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्‍वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न पनि कांग्रेसले सचेत गराएको छ। ‘अन्यथा यसको परिणाम दुःखद् हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्