Kathmandu Press

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, फागुन १८ : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बेच्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’...
१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
फाइल तस्बिर ।

काठमाडौं, फागुन १८ : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बेच्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गर्न लागेको हो।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा सर्वसाधारण नेपालीले ऋणपत्र खरिद गर्नसक्ने छन्।

मंगलबार अपराह्न ३ बजे ऋणपत्र बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड  रुपैयाँको ऋणपत्र छुट्याइएको छ।

कोलकबोलमा घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजार रुपौयँले भाग गर्दा निषेध भाग जाने अंकमा ऋणपत्र खरिद गर्न व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

प्रकाशित मिति: ०८:५९ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्