Kathmandu Press

भिनिसियसको गोलमा जोगियो रियल

काठमाडौं, फागुन १८ : ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियरले खेलको अन्त्यतिर गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल मड्रिड हारबाट जोगिएको छ। घरेलु मैदान अल्फ्रेडो...
भिनिसियसको गोलमा जोगियो रियल

काठमाडौं, फागुन १८ : ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियरले खेलको अन्त्यतिर गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल मड्रिड हारबाट जोगिएको छ। घरेलु मैदान अल्फ्रेडो डि स्टोफानो रंगशालामा भएको खेलमा भिलिनयसले अन्तिम क्षणका गरेको गोल मद्दतमा रियलले रियल सोसिसाडसँग १–१ गोलको बराबरी खेलेको हो।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। ५५औं मिनेटमा नाचो मनरियालको पासमा पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । खेलमा हारतर्फ उन्मूख भएको रियललाई ८९औं मिनेटमा भिनिसियसले गोल गर्दै हारबाट जो गाए। उनले लुकास भास्क्वेजको पासमा गोल गरेका थिए।

खेलमा रियलले पूर्ण रुपमा दबाब बनाएको थियो । उसका मारियानो डियाज र राफेल भरानका दुई प्रहार पोस्टमा ठोकिँदा रियल जितबाट बञ्जित भयो । उसले ६० प्रतिशत बल पोजेसन बनाउँदै सोसिडाडको पोष्टमा २० सट प्रहार गरेको थियो, त्यसमध्ये ३ सट फ्रेममा थियो। यता, सोसिडाडले ६ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

रियलको यो बराबरीले शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई फाइदा भएको छ। एक खेल कम खेलेको उसले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। बराबरीपछि रियल ५३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको एट्लेटिकोको ५८ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक छ। ४२ अंक जोडेको सोसिडाड पाँचौं स्थानमा छ।

प्रकाशित मिति: ०८:४२ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्