उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बन्ने, प्रधानमन्त्रीले आज शिलान्यास गर्ने
काठमाडौं, फागुन १८: मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुने भएको छ। सहरी विकास मन्त्रालयले उर्लाबारीको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत...
काठमाडौं, फागुन १८: मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुने भएको छ। सहरी विकास मन्त्रालयले उर्लाबारीको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने भएको हो।
एकीकृत सन्थाल बस्ती निर्माणका लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको छ। रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण गर्ने योजना मन्त्रालयको छ। एकीकृत बस्ती निर्माणका लागि ३० करोड रुपैयाँ लाग्नु अनुमान मन्त्रालयको छ।
एकीकृत सन्थाल बस्ती निर्माण स्थानीय प्रविधि, सिप र सामाग्री प्रयोग गरिनेछ । एउटा घरमा कम्तीमा २ सयन कक्ष, एक भान्सा कोठा र एक शौचालय व्यवस्था गरिनेछ ।
एकीकृत सन्थाल बस्तीको शिलान्यास आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











