Kathmandu Press

इराकी युवा, जसले तेललाई अभिशाप माने

विश्व बैंकका अनुसार इराकमा अहिले ३६ प्रतिशत नागरिक बेरोजगार छन्। त्यसमा युवा बेरोजगारको संख्या अन्यभन्दा दुई गुणा बढी छ।
इराकी युवा, जसले तेललाई अभिशाप माने

सन् २०१९ मा इराकमा देशव्यापी प्रदर्शन भयो, जसमा विभिन्न पेसामा संलग्न युवा सहभागी भए। तीमध्ये एक हुन्, संगीतकार स्याली मार्स। उनी सरकारसँग बेरोजगारी घटाउन, आधारभूत सेवामा सुधार गर्न र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै सडकमा उत्रेकी थिइन्। प्रदर्शनकारीले तेल उद्योगमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न आवाज उठाएका थिए।

इराककी चर्चित् संगीतकार हुन्, मार्स। उनी इराकको तेल राजनीतिलाई त्यति ध्यान दिन्नन्। तर, उनी जन्मनुअघि नै मार्सको परिवारलाई तेल राजनीतिले प्रभाव पारिसकेको थियो।

‘तेल गलत मानिसको हातमा पर्‍यो, खराब नेतृत्व र भ्रष्टाचार- कल्पना गर्नुहोस् यति धेरै पैसा र शक्ति गलत मानिसलाई दिइयो, हामी के गर्न सक्छौँ?’ इराक तेल युद्धको ३० वर्षपछि बगदाद क्याफेमा अलजजिरासँग कुरा गर्दै २४ वर्षे मार्सले भनिन्।

Hardik ivf

सन् १९९१ फेब्रुअरी अन्ततिर इराकी राष्ट्रपति सद्दाम हुसेनले कुवेतबाट आफ्नो सेना फिर्ता गर्न आदेश दिए, जसबाट छिमेकी मुलुकमाथिको महिनौँ लामो इराकी नियन्त्रण समाप्त भयो। संगीतकार मार्सका बाबु पनि कुवेतबाट फर्केका सैनिकमध्ये एक थिए।

अगस्ट १९९० मा इराकले कुवेतलाई रुमाइला नामक स्थानबाट दुई अर्ब ४० करोड डलरबराबरको तेल चोरी गरेको आरोप लगाएको थियो। रुमाइला दुवै मुलुकको सिमानानजिक पर्छ। त्यसले दुई मुलुकबीच सीमा र तेलको पुरानो विवादलाई उत्कर्षमा पुर्‍यायो।

कुवेतले इराकी भूमि अतिक्रमण गरेको कथित आरोप लगाउँदै सद्दाम हुसेनले छिमेकी  मुलुकमाथि नियन्त्रण जमाए। केही सातामा इराकी सेनाले आक्रमण गरेर कुवेतलाई कब्जा गर्‍यो र यसको नाम ‘प्रान्त-१९’ राखियो।

यस निर्वाध सैनिक विजयले इराकी सेनाको मनोबल मात्र बढाएन, इराकलाई इरानी खाडीमा पर्याप्त समुद्रीतट पनि हासिल भयो। र, कुवेतको सार्वभौमिकतासम्बन्धी अटोमन युगको विवाद बल्झायो।

अझ महत्वपूर्ण पक्ष कुवेतमाथि नियन्त्रण जमाएर इराकले विश्व तेल भण्डारणमा करिब २० प्रतिशत आपूर्ति बढायो। र, विश्वव्यापी मूल्य र उत्पादनलाई प्रभाव पार्ने ठूलो क्षमता हासिल गर्‍यो।

‘इराकले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) को ठूलो हिस्सा नियन्त्रण गर्ने थियो,’ इराकस्थित इन्स्टिच्युट अफ रिजनल एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ अध्येता अहमद ताब्यकचालीले भने, ‘र, यो त्यस्तो कुरा हो, जुन अमेरिकाले स्वीकार गर्दैन।’

‘इराकले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) को ठूलो हिस्सा नियन्त्रण गर्ने थियो,’ इराकस्थित इन्स्टिच्युट अफ रिजनल एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ अध्येता अहमद ताब्यकचालीले भने, ‘र, यो त्यस्तो कुरा हो, जुन अमेरिकाले स्वीकार गर्दैन।’

तेलमा अमेरिकाको खास चासो
इराक र कुवेत दुवै ओपेकका संस्थापक सदस्य हुन्। सन् १९८० दशकको सुरुआतमा तेलको व्यापारमा मन्दी आयो। दशकको उत्तरार्द्धमा मात्र विस्तारै मूल्य र उत्पादनमा सुधार आउन थाल्यो। र, विश्वव्यापी तेल उत्पादनमा ओपेक शक्तिशाली संगठनका रूममा स्थापित भयो।

कुवेतको तेल नियन्त्रण गर्ने इराकी उद्देश्य त्यसभन्दा ठूलो तेल भण्डार साउदी अरेबियामा अमेरिकाको अवरोध थियो।

कुवेतमा इराकी नियन्त्रणपछि अमेरिकाले साउदी अरेबियामा सैन्य तैनाथी बढायो। र, कुवेतलाई पनि इराकी नियन्त्रणबाट मुक्त गर्न तयार भयो। केही साताभित्रै अमेरिकाले विश्वव्यापी तेल बजारलाई बचाउन पाँच लाख सैनिक खटायो। अध्येता ताब्यकचालीले भने, यो हस्तक्षेप प्रायः व्यावसायिक हिसाबबाट सञ्चालित थियो।’

कुवेतलाई इराकबाट स्वतन्त्र गर्ने अन्तिम कदमका रूपमा जनवरी १९९१ मा एक हवाई र स्थल सेनाद्वारा आक्रमण गरिएको थियो, जसलाई अपरेसन ‘डेजर्ट स्टर्म’ भनिन्छ। मात्र ६ सातामा इराकी सेना कुवेत छोड्न बाध्य भए।

त्यसलगत्तै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले युद्धविराम घोषणा गरे। र, कुवेती राजा शेख जाबर अल-अहमद-अल-सबाहसँग मिलेर तेल कुवाहरूमा कडा सुरक्षा व्यवस्था मिलायो।

त्यसको १२ वर्षपछि इराकी राष्ट्रपति सद्दाम हुसेनविरुद्ध आफ्नो अन्तिम कारवाही तय गर्दै गर्दा अमेरिकाले विश्वव्यापी तेल बजारमा आफ्नो नियन्त्रण कायम गर्न सफलता पाइसकेको थियो।

‘तेल नै राजा’
इराकी राष्ट्रपति सद्दाम हुसेनलाई मृत्युदण्ड वर्षौंको खाडी युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध, लगानी अवरोध, नागरिकलाई हानी र इराकको तेल उद्योगमा आघात पुर्‍याउने उद्देश्यले निम्त्याएको परिणाम थियो।

प्रतिबन्धको पहिलो पाँच वर्षमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इराकलाई तेल र ग्यासको निर्यातमा रोक लगायो। सन् २००३ मा अमेरिकाको नेतृत्वमा भएको आक्रमणपछि मात्रै इराकले आफ्नो तेल निर्यात र राजस्व बढाउँदै सार्वजनिक क्षेत्रमा थप रोजगारी सिर्जना गर्न विदेशी विशेषज्ञताका लागि ढोका खोल्न पायो।

विश्व बैंकका अनुसार इराकमा तेलले केन्द्रीय सरकारको राजस्वको ९० प्रतिशत र देशको निर्यातको शतप्रतिशत हिस्सा ओगटेको छ। यसले अझ समृद्ध इराकका लागि मार्ग प्रशस्त गर्नुपर्थ्यो। तर, यो प्रक्रिया इराकी भ्रष्टाचारको ‘ब्ल्याक होल’मा हराएको छ।

सन् २०२० मा ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा एक सय ८० देशमध्ये इराक एक सय ६० औँ स्थानमा छ। यसबीचमा इराकी नागरिक व्यापक बेरोजगारी र आधारभूत सार्वजनिक सेवा अभावमा जकडिएका छन्।

इराकको दक्षिणी भेगस्थित बासरा सहर वर्षौंदेखि निराश छ, पछिल्ला दिनमा बढ्दो प्रदर्शनले त्यस्तो निराशालाई अझ बढाएको छ। बढ्दो बेरोजगारी, चर्को तापमानबीच अनियन्त्रित विद्युत कटौती र पिउने पानी अभावका कारण बासराका बासिन्दालाई क्रोधित बनाएको छ।

‘ऊर्जा राजस्वमा पूर्ण निर्भरताका साथ राज्यले कृषि र पशुचरनलाई बेवास्ता गरेको छ, जुन  देशका लागि हानीकारक पक्ष हो,’ सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटीका वातावरणीय पत्रकार पिटर स्वार्टस्टाइनले भने।

सांकेतिक कदमका रूपमा प्रदर्शनकारीहरू रुमाइलालगायत बाहिरी प्रमुख तेल केन्द्रमा जम्मा हुन थालेका छन्। रुमाइला त्यही क्षेत्र हो, जहाँ कुवेतमाथि आक्रमण गर्नुअघि सद्दाम हुसेनले तेल चोरी गरेको आरोप लगाएका थिए।

‘तपाईं इराकको धन जमिनबाट निस्किरहेको देख्न सक्नुहुन्छ तर त्यसले बासरा वा अरू कतै बस्ने नागरिकलाई फाइदा पुगेको छैन,’ इराकको थिंक ट्यांक द सेन्चुरी फाउन्डेसनका विश्लेषक साजाद जियादले भने।

‘तेल राजा हो, तेल वातावरणभन्दा माथि छ,’ हाइड्रोलिक इन्जिनियर तथा पर्यावरणविद् अज्जाम अलबासले भने, ‘तर, इराक तेलमा निर्भर बन्दै जानु नदेखिएको क्षति हो।’ कृषि, पर्यटन र निजी क्षेत्र सरकारको प्राथमिकतामा छैनन्।

‘ऊर्जा राजस्वमा पूर्ण निर्भरताका साथ राज्यले कृषि र पशुचरनलाई बेवास्ता गरेको छ, जुन  देशका लागि हानीकारक पक्ष हो,’ सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटीका वातावरणीय पत्रकार पिटर स्वार्टस्टाइनले भने।

प्रदर्शनमा युवाको नेतृत्व
सन् २०१८ मा दक्षिणमा स्थानीय रूपमा सुरु भएको विरोध चाँडै उत्तर नासिरिया, नजाफ, कर्बला र बगदादमा पनि फैलियो। अक्टोबर २०१९ सम्ममा इराकको १६ वर्षको सामाजिक विद्रोह पूर्ण शक्तिका साथ युवाले नेतृत्व गरेका थिए। सबै वर्गका युवा राम्रो जीवनस्तर माग गर्दै सडकमा उत्रिएका छन्।

‘तिनीहरूलाई विशेषगरी तेल मानिसका लागि फाइदाजनक छैन भन्ने लाग्छ। त्यसैले उनीहरू रोजगारीका अवसर माग गरिरहेका छन्, त्यसैले उनीहरू असन्तुष्ट छन्,’ जियादले भने।

सन् २०२० को सुरुमा युवाको प्रदर्शन उत्कर्षमा पुग्दै गर्दा इराकी नागरिकहरू लगातार परिवर्तनका लागि आह्वान गरिरहेका थिए। कर्बला सहरका हसनियन अली मोहसेन हार मान्ने मनस्थितिमा छैनन्। इराकी सुरक्षा बलले गरेको घातक अश्रु ग्यास र क्यानिस्टर आक्रमणबाट
मोहसेनले प्रदर्शनकारीहरूलाई जोगाउन मुख्य भूमिका वहन गर्दै आएका छन्।

‘सरकार बदल्न र भ्रष्टाचारविरुद्ध लड्न म यस विरोधमा सामेल भएँ,’ उनले भने। ३५ वर्षीय मोहसेनले विद्रोह इराकको राजनीतिक नेतृत्वमा व्याप्त भ्रष्टचारको परिणाम भएको बताए। ‘सबै तेल राजस्व भ्रष्टाचारीलाई जान्छ,’ उनले थपे।

सैनिकले ६ सयभन्दा बढी प्रदर्शनकारीको हत्या गरेपछि तत्कालीन प्रधानमन्त्री आदिल अब्दुल मेहदीले पदबाट राजिनामा दिए। तर, अझै इराकका युवाको दैनिकीमा सुधार आएको छैन, दिनानुदिन अझ खराब बन्दै गएको छ।

विश्व बैंकका अनुसार इराकमा अहिले ३६ प्रतिशत नागरिक बेरोजगार छन्। त्यसमा युवा बेरोजगारको संख्या अन्यभन्दा दुई गुणा बढी छ।

अलजजिराबाट
 

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्