चीनले नेपाललाई आठ लाख डोज खोप दिने
काठमाडौं, फागुन १७ : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप दिने भएको छ।नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीले नेपाललाई दिने खोप...
काठमाडौं, फागुन १७ : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप दिने भएको छ।
नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीले नेपाललाई दिने खोप बढाएको जनाएकी छिन्। उनले सोमबार राति ट्वीट गर्दै चिनीयाँ सरकारले आठ लाख डोज खोप दिने निर्णय गरेको बताएकी हुन्।
यस अघि चीनले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेको थियो। त्यसलाई पढाएर आठ लाख पुर्याएको हो।
चीनले आफैले खाेप उत्पादन गरेकाे हाे। चीनमा अहिले खाेप अभियान संचालन भइरहेकाे छ।
In order to support Nepal's fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant assistance of vaccine for Nepal to 800,000 doses. Let us join hands to achieve the victory at an early date! pic.twitter.com/pU4Gtc1sdV
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 1, 2021
प्रकाशित मिति: २१:१७ बजे, सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











