Kathmandu Press

बार्सिलोनाका पूर्वअध्यक्ष र पूर्वनिर्देशक पक्राउ

काठमाडौं, फागुन १७ : स्पेनिस जाइन्ट बासिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउ र पूर्वनिर्देशक पक्राउ परेका छन्।बार्सिलोनाको अध्यक्ष रहँदा भएको घोटला प्रकरणको छानविनका लागि...
बार्सिलोनाका पूर्वअध्यक्ष र पूर्वनिर्देशक पक्राउ

काठमाडौं, फागुन १७ : स्पेनिस जाइन्ट बासिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउ र निर्देशक पक्राउ परेका छन्।

बार्सिलोनाको अध्यक्ष रहँदा भएको घोटला प्रकरणको छानविनका लागि प्रहरीले बार्तामेउलाई घरबाटै पक्राउ गरेको हो।

‘बार्सागेट’ नामक घोटलामा संलग्न भएको आरोपमा क्षेत्रीय प्रहरीले बार्तामेउसहित सीईओ ओस्कार ग्राउ, हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी र क्लबका पूर्वनिर्देशक जुआमी मासफेररलाई पनि पक्राउ गरेको छ।

सोमबार बिहानै स्पानिस पुलिस बार्सिलोनाको नोक्याम्प स्टेडियममा प्रवेश गर्दै अनुसन्धान शुरु गरेको थियो। यो अनुसन्धानलई ‘बार्सागेट’ प्रकरणसँगै जोडेर हेरिएको छ।  

बार्तामेउमाथि क्लबका वर्तमान र पूर्वखेलाडीको विरुद्धमा सामाजिक सञ्जालमा अभियान चलाइएको आरोप छ। कप्तान लियोनल मेसीसँगको विवादपछि बार्तामेउसँगै अन्य केही पदाधिकारीले राजीनामा दिएका थिए।

प्रकाशित मिति: १९:२९ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्