Kathmandu Press

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्यो : प्रवक्ता गुरुङ

काठमाडौं, फागुन १७ : सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन्।सोमबार...
सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्यो : प्रवक्ता गुरुङ

काठमाडौं, फागुन १७ : सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन्।

सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले सर्वोच्चको फैसलाले रोकेकाले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका हुन्। ‘संसदीय प्रक्रियाबाटै प्रधानमन्त्रीकबारे निर्णय होला। संसद् अधिवेशनको आह्वान भइसकेको छ, अब त्यहाँबाटै निकास हुन्छ,’ गुरुङले भने।

उनले प्रचण्ड नेपाल समूहलाई नैतिकताको कुरा नउठाउन सुझाब दिए। उनले भने, 'नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरो उठाइरहेकाहरुले आफू कुन नैतिकताको धरातलमा उभिएको छु भनेर हेर्नुपर्छ।'

अहिलेको संकटको अवस्थामा राजीनामा दिएर प्रधानमन्त्रीले मुलुकलाई अलपत्र पार्नु नहुने जिकिर गरे। ‘अहिलेको संकटमा मैदान खाली गरेर मुलुकलाई अलपत्र पार्ने काम गर्नु हुनेछैन,’ उनले भने।

संसद् अधिवेशन आह्वान भइसकेकाले अब सबै विषय संसद्बाटै टुंगो लाग्ने उनको भनाइ थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजे बस्ने गरि संसद् अधिवेशन आह्वान गरेकी छिन्। सर्वोच्च अदालतको आदेश अनुसार सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्