‘आधिकारिक पार्टी हामी हौं, सूर्य चिह्न हाम्रै हो’
काठमाडौं, फागुन १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिता र चुनाव चिह्न सूर्य आफूहरूले पाउने विश्वास व्यक्त...
काठमाडौं, फागुन १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिता र चुनाव चिह्न सूर्य आफूहरूले पाउने विश्वास व्यक्त गरेका छन्।
नेकपा प्रचण्ड–नेपाल समूहनिकट पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको सोमबार काठमाडौं बबरमहलमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिमा आफ्नो समूह बहुमतमा रहेकाले निर्वाचन आयोगले सोही आधारमा निर्णय गर्ने र आधिकारिक नेकपा र सूर्य चिह्न आफूहरूलाई नै प्राप्त हुने विश्वास व्यक्त गरेका हुन्।
‘सूर्य चिह्न र नेकपा जहाँ छ, हामी त्यहीँ छौं,’ उनले भने, ‘नेकपाको आधिकारिता र चुनाव चिह्न सूर्य केपी शर्मा ओली समूहले पाउने भन्नेमा दिग्भ्रमित नहुनुहोला।’
प्रकाशित मिति: १७:४३ बजे, सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











