Kathmandu Press

धर्मगुरु पोप फ्रान्सिसले इराक भ्रमण गर्ने

बग्दाद, फागुन १७ : इसाई धर्मगुरु पोप फ्रान्सिसले मुस्लिम राष्ट्र इराकको भ्रमण गर्ने भएका छन् । धर्मगुरु पोपले शुक्रबार इराक भ्रमण गर्ने बताइएको...
धर्मगुरु पोप फ्रान्सिसले इराक भ्रमण गर्ने

बग्दाद, फागुन १७ : इसाई धर्मगुरु पोप फ्रान्सिसले मुस्लिम राष्ट्र इराकको भ्रमण गर्ने भएका छन् । धर्मगुरु पोपले शुक्रबार इराक भ्रमण गर्ने बताइएको छ।

इराक भ्रमणका क्रममा उनले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अली सिस्तानीसँग भेट गर्ने बताइएको छ। उनले इराकका सरकारी अधिकारीहरूसँग पनि भेट गर्ने बताइएको छ। फ्रान्सिस तीन दिन इराकमा रहने छन्। पोपको इराक भ्रमण वर्षौं पछिको हो।

युद्धको चपेटामा परेको इराकमा इसाइ समुदायको जनसंख्या निरन्तर घट्दो क्रममा छ । सन् २००३ मा १५ लाख रहेको इसाइ समुदयाको जनसंख्या ४ लाख मात्र छ। इराकमा इसाई समुदायको बसोबासको विश्वमै सबैभन्दा पुरानो इतिहास छ । यहाँका इसाईहरु आधाजति क्याथोलिक र बाँकी आर्मेनियाली अर्थोडक्स, प्रोटेस्टेन्ट र अन्य छन् ।

पोपको स्वागतका लागि बग्दाददेखि नजाफसम्मको सडकमा तुल, ब्यानर राखिएका छन् ।

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्