Kathmandu Press

परराष्ट्र मन्त्रालयले पुराना गाडी बेच्ने

काठमाडौं, फागुन १७ : परराष्ट्र मन्त्रालयले पुराना गाडी बेच्ने तयारी गरेको छ। पुराना गाडी र अन्य सामान बेन्चका लागि मन्त्रालयले लिलामी गर्ने तयारी...
परराष्ट्र मन्त्रालयले पुराना गाडी बेच्ने

काठमाडौं, फागुन १७ : परराष्ट्र मन्त्रालयले पुराना गाडी बिक्री गर्ने तयारी गरेको छ। पुराना गाडी र अन्य सामान बिक्रीका लागि मन्त्रालयले लिलामी गर्ने तयारी गरेको छ।

मन्त्रालयले लिलामीका लागि १० वटा गाडी, एक मोटरसाइकल र अन्य सामग्री लिलामीमा राख्ने तयारी गरेको छ। लिलामी प्रक्रिया सोझै वार्ताबाट हुने मन्त्रालयले जनाएको छ। वार्ता प्रक्रियामा भाग लिन इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको १६औं दिन मध्यान्ह १२ बजेभित्र सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

वार्तामा सहभागी भएर सामान सकार गर्न रकम कबोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफूले बोलकबोल गरेको रकमको १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोडेर आउने रकमको १० प्रतिशत नगद धरौटी बुझाउनुपर्नेछ । रकम जममा नगरेसम्म बोलकबोल रकमलाई मान्यता नदिने मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्