मालुंगामा ‘एक घर, एक धारा’
स्याङ्जा, फागुन १७ : स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुंगामा ‘एक घर, एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानी अभाव झेलिरहेको मालुंगाका...
स्याङ्जा, फागुन १७ : स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुंगामा ‘एक घर, एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानी अभाव झेलिरहेको मालुंगाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको हो ।
मालुंगा चिदेपानी खानेपानी योजनाअन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको हो । लामो समयको प्रयासपछि खानेपानी समस्या हल गर्न सकेकोमा खुसी लागेको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । तीन वर्षअघिदेखि निर्माण थालिएको योजनाको लागत ७५ लाख रुपैयाँ रहेको वडाध्यक्ष बस्यालले जानकारी दिए।
राम्दी नजिकै रहेको चिदीपानी मुलबाट झण्डै तीन किलोमिटर दूरीमा पाइपमार्फत कालीगण्डकी नदीको किनार उत्तरबाहिनीमा पानी ल्याई ट्यांकीमा संकलन गरिएको छ। बाक्लो बस्ती रहेको यहाँका स्थानीयवासीले लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए।
प्रकाशित मिति: १४:०८ बजे, सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












