Kathmandu Press

मुख्यमन्त्री गुरुङद्वारा पोखरामा प्रधानमन्त्री ओलीको स्वागत

पोखरा, फागुन १७ :  प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि पोखरा आइपुगेका छन्।यती एयरलाइन्सको विमानबाट आएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री...
मुख्यमन्त्री गुरुङद्वारा पोखरामा प्रधानमन्त्री ओलीको स्वागत

पोखरा, फागुन १७ :  प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि पोखरा आइपुगेका छन्।

यती एयरलाइन्सको विमानबाट आएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरे।
 
प्रधानमन्त्री ओलीले पोखरामा सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ। साथै उनले पोखरा रंगशालाको स्थलगत निरीक्षण पनि गर्नेछन्।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्