Kathmandu Press

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं, फागुन १७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवयल बैठक सकिएको छ ।सोमबार सिंहदरबारमा बसेको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक...
स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं, फागुन १७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवयल बैठक सकिएको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

संसद पुनःस्थापनापछि संसदमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषमा छलफल गर्न प्रचण्ड–नेपाल समूहले सचिवयल बैठक बोलाएको थियो । बैठक कहिलेकहिले बस्ने भन्ने भनेर मिति भने तय गरिएको छैन।

बैठकले प्रधानमन्त्री केपी ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाउनुको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार बैठकमा नेकपा आधिकारिकता विवादलाई छिटो टुंगो लगाउन निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।
 

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्