Kathmandu Press

प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा

काठमडौं, फागुन १७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालसमूहको सचिवालय बैठक सिंहदरबारमा सुरु भएको छ। प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक केही समयअघि नेकपा संसदीय...
प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा

काठमडौं, फागुन १७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालसमूहको सचिवालय बैठक सिंहदरबारमा सुरु भएको छ। प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक केही समयअघि नेकपा संसदीय दलको कार्यालयमा सुरु भएको हो।

संसद पुनस्र्थापनापछि संसद्मा कसरी अगाडि बन्ने विषयमा छलफलका लागि प्रचण्ड–नेपाल समूहले सचिवयल बैठक बोलाएको हो।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्ड–नेपाल समूहले तयारी गरेको छ। त्यसैमा साथ दिन प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले  नेपाली काांग्रेस र जनता समाजवादी पार्टीसँग गरिसकेका छन्।

सर्वोच्च अदालतले गएको ११ फागुनमा संसद् पुनस्र्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ । यसबाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको छ ।

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्