डा.भट्टराई मंगलबार नेपाल फर्किने
काठमडौं, फागुन १७ : स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई मंगलबार नेपाल फर्किने भएका छन्। डा.भट्टराई फेब्रुअरी २२ देखि दिल्लीस्थित...
काठमडौं, फागुन १७ : स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई मंगलबार नेपाल फर्किने भएका छन्। डा.भट्टराई फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार लागि दिल्ली गएका थिए।
क्न्युरो–इन्क्राइनको ट्युमर यान्सरका आशंका गरिए पनि उनलाई क्यान्सर नभएको बताइएको छ। तर, चिकित्सकहरुले ट्युमरको शल्यक्रिया तत्कालै सुझाव दिएका छन्।
चिकित्सकहरुले दुई–तीन महिलाभित्रै ट्युमरको शल्यक्रिया गर्न सुझाव दिएका छन्। तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकहरुले बताएका छन्।
प्रकाशित मिति: १०:४३ बजे, सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











