Kathmandu Press

प्रदेश १ का केही स्थानमा हल्का बर्षाको सम्भावना 

काठमाडौं, फागुन १७ : पूर्वी नेपालमा पश्चिमी वायुको प्रभावले गर्दा आगामी तीन दिन प्रदेश १ का केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना...
प्रदेश १ का केही स्थानमा हल्का बर्षाको सम्भावना 

काठमाडौं, फागुन १७ : पूर्वी नेपालमा पश्चिमी वायुको प्रभावले गर्दा आगामी तीन दिन प्रदेश १ का केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ  ।

मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषण अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राती प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति: ०७:३५ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्