Kathmandu Press

सोलु एफ एमको स्टुडियोमा आगलागी, १ करोडको क्षति

सोलु एफ एमको स्टुडियोमा आगलागी, १ करोडको क्षति

काठमाडौं, फागुन १७ : प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति साढे १२ बजे आगलागी भएको हो । स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको छ ।

आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खेलेको छैन ।

आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा झण्डै २ घण्टापछि निभाइएको थियो ।

प्रकाशित मिति: ०७:२४ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्